२५ जेठ काठमाडौं । युरोकपअघिको मैत्रीपूर्ण खेलमा जर्मनीले लात्भियालाई ७-१ को फराकिलो अन्तरले पराजित गरेको छ । गोलको वर्षा भएको खेलमा थोमस मुलरले जर्मन राष्ट्रिय टिममा पुनरागमन गर्दै गोल गरे । यस्तै कप्तान तथा गोलकिपर मानुएल नोएले एक सयौँ खेल पूरा गरे ।
जर्मनीको लागि रोविन गोसेन्स, इल्के गुन्डोगन, थोमस मुलर, सर्ज जीनाब्री, टिमो वर्नर र लरेय सानेले गोल गरे । जर्मनीले एक आत्मघाती गोल उपहार पाएको थियो ।लात्भियाका लाग अलेक्सेस साभेल्जेभ्सले एक गोल फर्काए ।
जर्मनीका लागि सयौँ खेल खेल्ने पहिलो गोलकिपर बनेका मानुएल नोएलाई खेलअघि टिममेटले गार्ड अफ अनर प्रदान गरेका थिए । यही जुन ११ देखि सुरु हुने युरोकपमा जर्मनी ग्रुप अफ डेथमा छ । समूह एफमा जर्मनीसंगै विश्वविजेता फ्रान्स, युरोको साविक विजेता पोर्चुगल र हंगेरी छन् ।
प्रतिक्रिया 4