
२५ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेश सभामा मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिने कि नदिने भन्ने विषयमा छलफल गर्न एमाले संसदीय दलको बैठक सुरु भएको छ ।
बैठकमा ओली र नेपाल दुवै पक्षका सांसदहरु सहभागी छन् ।
मुख्यमन्त्री भट्टले मंगलबार विश्वासको मत लिंदैछन् ।
एमालेको प्रदेश कमिटीले मुख्यमन्त्रीको विश्वासको मतको विपक्षमा उभिन प्रदेशसभा सदस्यलाई निर्देशन दिएको छ । तर माधव नेपाल पक्षले भने मुख्यमन्त्रीलाई विश्वासको मत दिने बताइएको छ ।
सभामुखसहित प्रदेशसभामा एमालेका २५ जना प्रदेशसभा सदस्य छन् । उनीहरूमध्ये नेपाल पक्षका १८ र ओली पक्षका ६ जना छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4