Comments Add Comment

थप ५१५३ जनामा कोरोना संक्रमण, १०८ जनाको मृत्यु

२५ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामाथप ५१५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण १०८ जनाको मृत्यु भएको छ र ६५७० जना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा १२ हजार ६५ पीसीआर परीक्षणमा ३८७० र ५६११ एन्टिजेन परीक्षणमा १२८३ जना गरी कुल ५१५३ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ११ हजार ३०८ पुगेको छ । जसमध्ये ५ लाख ४५ हजार ३० जना निको भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या ८२ हजार ७३६ रहेको छ ।

कोरोना भाइरस संक्रमणबाट हालसम्म ८०९८ जनाको मृत्यु भएको छ ।

कुन जिल्लामा कति संक्रमित थपिए ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ८३६, झापामा ३१८, ललितपुरमा २६९, कास्कीमा २२०, मोरङमा १९१, सुनसरीमा १७१, भक्तपुरमा १२१, कैलालीमा १२०,मकवानपुरमा १०६ र सुर्खेतमा १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै पाल्पामा ९५, चितवनमा ८४, सर्लाहीमा ८२, रूपन्देहीमा ६८, दाङमा ६५, नुवाकोटमा ६२, दोलखामा ६०, सिन्धुलीमा ५२, गोरखामा ४९, काभ्रेपलाञ्चोकमा ४६, धादिङमा ४५, सिरहा र रसुवामा ४०/४० जना कोरोना संक्रमित थपिएका छन् ।

तनहुँमा ३७, सिन्धुपाल्चोकमा 33, रोल्पामा २९, सप्तरीमा २६, बैतडीमा २५, कञ्चनपुरमा २४, महोत्तरीमा २३, डोटीमा २२, कपिलवस्तुमा १९, नवलपरासी पूर्व, बाँकेमा १२ तथा धनकुटा, रौतहट, रामेछाप र दैलेखमा ११/११ जनामा कोरोना संक्रमण देखिएको छ ।

यस्तै ओखलढुंगा, र अछाममा ९/९ जना, बारा, अर्घाखाँची, गुल्मी र जुम्लामा ८/८ जना, इलाम, उदयपुर र बर्दियामा ७/७ जना, भोजपुर र पर्सामा ५/५ जना, सोलुखुम्बु र कालिकोटमा ४/४ जना, तेह्रथुममा ३, खोटाङ,ताप्लेजुङ, संखुवासभा, प्युठान र रूकुम पश्चिममा २/२ जना तथा पाँचथर र सल्‍यानमा १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस्तै १० वर्षमुनिका १०५ बाबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment