
२५ जेठ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका १९२६ जना कर्मचारीको समायोजन सकिएको छ । मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा प्रमुख दामोदर रेग्मीका अनुसार १८३० जना कर्मचारीको एक स्थानीय तहबाट अर्को स्थानीय तहमा समायोजन भएको हो ।
समायोजन भएका कर्मचारीमा अधिकृतस्तरका २९३ जना र सहायकस्तरका १५३७ जना रहेका छन् । यस्तै, प्रदेशबाट स्थानीय तहमा २१ जना अधिकृतस्तर र ११ जना सहायकस्तर गरी ३२ जना कर्मचारीको समायोजन मिलान गरिएको छ ।
समायोजन गरिएका कर्मचारीमध्ये सबैभन्दा बढी एक स्थानीय तहबाट अर्को स्थानीय तहमा समायोजन भएका रेग्मीले बताए ।
उनका अनुसार ७ जना अधिकृतस्तर र ८ जना सहायकस्तर गरी १५ जनाको एक प्रदेशबाट अर्को प्रदेशमा समायोजन भएको छ । अधिकृतस्तरका १५ जना र सहायकस्तरका ७ जना गरी २२ जनाको संघबाट स्थानीय तहमा समायोजन गरिएको छ भने १७ जना अधिकृतस्तर र १० जना सहायकस्तरका कर्मचारी गरी २७ जनाको संघबाट प्रदेशमा समायोजन मिलान भएको छ । प्रदेशबाट संघमा र स्थानीय तहबाट संघमा मिलान हुने कर्मचारीको संख्या भने शून्य रहेको छ ।
प्रतिक्रिया 4