+
+

स्रोत नखुलेको पौने ३१ लाख रुपैयाँसहित दुईजना भारतीय पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ २६ गते १३:४८

२६ जेठ, रौतहट । स्रोत नखुलेको ३० लाख रुपैयाँसहित रौतहटबाट दुईजना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको बिहार मोतिहारी जिल्लाको घोडासान बस्ने बन्टीकुमार कलवार र सुरज कलवार रहेका छन् ।

बीआर ०५ आर४५२१ नम्बरको भारतीय मोटरसाइकल चढेर आउँदै गरेको समयमा परोहा नगरपालिका–९ रामपुरखापमा चकेजाँच गर्ने क्रममा उनीहरुको साथबाट स्रोत नखुलेको ३० लाख ७६ हजार रुपैयाँ बरामद भएको रौतहटका प्रहरी उपरीक्षक सिद्धीविक्रम शाहले बताए ।

प्रहरीका अनुसार पक्राउ परेका बन्टी कुमारले उक्त रकम राजपुरको एक चिमनी भट्टामा पुर्‍याउन आएको बताएका छन् । बरामद भएको उक्त रकमबारेमा थप अनुसन्धान भइरहेको उनले बताए ।

एक करोड रुपैयाँभन्दा बढी रकम बरामद

नेपाल–भारत सीमा क्षेत्रबाट प्रहरीले चालु आर्थिक वर्षमा एक करोड रुपैयाँभन्दा बढी स्रोत नखुलेको रकम बरामद गरेको छ ।

भारतीय सीमा क्षेत्रबाट नेपाल भित्र्याउँदै गरेको अवस्था १ करोड १७ लाख ८६ हजार रुपैयाँ स्रोत नखुलेको रकम बरामद भएको शाहले बताए । प्रहरीको चेकजाँचका क्रममा ९ पटक यसरी श्रोत नखुलेका रकम बोक्ने गिरोहका १२ जना पक्राउ परेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?