Comments Add Comment

सिजीको डिसवासर बजारमा

सिजीले हालै नेपाली बजारमा आफ्नो घरायसी सामाग्री डिसवासर ल्याएको छ। नेपाली उपभोक्ताहरुलाई मध्यनजर गरि सहुलियत मूल्यमा निकै नै आकर्षक र सजिलै चलाउन सकिने यो डिसवासर ल्याएको हो ।

यी डिसवासरहरु बजारमा १२ प्लेस सेटिङ र १५ प्लेस सेटिङमा पाइनेछ । आफ्नो आवश्यकता अनुसार यसलाई खरिद गर्न सकिनेछ । यसमा डिस्प्ले स्किृन तथा टच बटनहरु भएका हुनाले यी डिसवासरहरु प्रयोग गर्न एकदमै सजिलो हुनेछ । यसमा विभिन्न वासिङ प्रोगामहरु पनि रहेका छन् । जसलाई आफ्नो आवश्यकता अनुसार प्रयोग गरि आफ्नो भाँडाहरुलाई सफा गर्न सकिनेछ ।

यी दुवै मोडलमा धेरै भन्दा धेरै विभिन्न किसिमका विशेषताहरु रहेका छन् । ती विशेषताहरुमा स्टिम वास, अटो डोर टेक्नोलोजि, विएलडिसि टेक्नोलोजि, जेट वास, डिउल प्रो वास र हाफ लोड अप्सन रहेका छन् ।

स्टिम वासको सहायताले कट–कटिएका भाँडाहरु, जुन हामीलाई हातले धुँदा एकदमै कठिनाई हुन्छ, त्यस्ता भाँडाहरुलाई सजिलै बाफ उत्पन्न गरि हाईजिनिक राखि सफा नतिजा दिन्छ । त्यस्तै अर्को अटो डोर टेक्नोलोजि रहेको छ । यो विशेषताको कारण अब धुईसकेको भाँडाहरुलाई सुकाई रहने झन्झटबाट मुक्त गर्दछ । यसले भाँडा धुईसकेपछि आटोमेटिक ढोका खुल्दछ र भित्ररहेका बाफहरुलाई बाहिर निकालेर बाहिरको हावा भित्र प्रवेश गराई पर्फेक्ट ड्राईङ पर्फमेन्स दिनेछ ।

वि.एल.डि.सि. टेक्नोलोजि वा हाईड्रो पावर पनि यसको विशेषता रहेको छ, जसको मद्दतले घरको पानी, मोटरको इनर्जी र समयको बचत गर्दछ । डिउल प्रो वासको मद्दतले भाँडालाई दुई वटा छुटा छुटै पानीको प्रेसरबाट धुने गर्दछ र भाँडालाई पूर्ण रुपमा सफा गर्दछ ।

त्यस्तै, अर्को जेट वास विशेषता रहेको छ । यसले कम फोहर भएका भाँडाहरुलाई केवल १४ मिनेटमा नै सफा गर्दछ । हाफ लोड अप्सन टेक्नोलोजिले, यदि भाँडाहरु थोरै छन् भने डिसवासरमा रहेको तलको बास्केट वा माथीको बास्केट मात्र प्रयोग गरि भाँडा धुन सकिनेछ । यसले गर्दा पनि इनर्जी तथा पानी दुबैलाई जोगाउने गर्दछ ।

अब डिसवासरको खरिदमा १५ प्लेस सेटिङमा ३ वर्षको वारेण्टी मोटरमा र १२ प्लेस सेटिङमा १ वर्षको वारेण्टी पाइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment