Comments Add Comment

मन्त्रिपरिषद विस्तार गर्ने प्रधानमन्त्रीको तयारी

२७ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार मन्त्रिपरिषद विस्तार गर्दैछन् । अपराह्न चार बजे शितलनिवासमा नवनियुक्त मन्त्रीहरुको शपथ ग्रहणको तयारी छ ।

प्रधानमन्त्रीले खगराज अधिकारी, नैनकला थापा, गणेश पहाडी, नारदमुनी राना, राजकिशोर यादव, ज्वाला कुमारी साह, मोहनबहादुर बानियाँ लगायतलाई मन्त्री नियुक्त गरेका छन् । त्यसको जानकारी प्रधानमन्त्री ओलीले बुधबारै राष्ट्रपति विद्यादेवी भण्डारीलाई गराएका थिए ।

नवनियुक्त मन्त्रीहरुको जिम्मेवारी औपचारिक रुपमा पुष्टि नभए पनि अधिकारीलाई गृह मन्त्री बनाउने चर्चा छ । माओवादी छाडेर एमाले प्रवेश गरेका रामबहादुर थापा (बादल)को गृहमन्त्री पद खोसिएपछि यो मन्त्रालय खालि थियो ।

यो पनि पढ्नुहोस मन्त्रिपरिषद् विस्तारको गृहकार्य, गृहमा खगराज र महेशको दाबी

ओलीले बादल पत्नी नैनकला थापालाई सञ्चार मन्त्रालयको जिम्मेवारी दिने तयारी गरेको स्रोतको दाबी छ । थापा यसअघि राष्ट्रिय महिला आयोगको अध्यक्ष थिइन् । उनी राजनीतिमा खासै सक्रिय थिइनन् ।

यसैगरी यसअघि एमालेको माधव नेपाल पक्षमा रहेका गणेश पहाडीलाई पनि ओलीले मन्त्री नियुक्त गरेका छन् । पहाडीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पाउने चर्चा छ । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नु पर्ने माग गर्दै आएका विपक्षी गठबन्धनको तर्फबाट पहाडीले हस्ताक्षर गरेका थिएनन् ।

यस्तै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री राजकिशोर यादव, वन तथा वातावरण मन्त्री नारदमुनी राना र कृषिमन्त्रीमा ज्वाला कुमारी साहलाई शपथ खुवाउने तयारी भइरहेको स्रोतले जनाएको छ ।

वन राज्यमन्त्रीको रुपमा आशा विकको नाम सार्वजनिक भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment