+
+
Shares
सुदूरपश्चिममा एमाले विवाद :

शाहलाई एमाले संसदीय दलको नेता नमान्न सभामुखलाई पत्र

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ २७ गते १६:४३

२७ जेठ, धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले संसदीय दलको नेताको हैसियतमा प्रकाशबहादुर शाहबाट हुने काम, कारवाही स्वीकार नगर्न सभामुखलाई आग्रह गरेको छ ।

प्रदेश अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्र रावलले बिहीबार सभामुख अर्जुनबहादुर थापालाई पत्र लेख्दै शाहले पार्टी विरोधी र राजनीतिक आचरण विपरीत क्रियाकलाप गरेकाले उनीमाथि कारवाही प्रक्रिया थालिसकेको जानकारी गराउँदै उनको काम कारबाही स्वीकार नगर्न आग्रह गरेको हो ।

पत्रमा संसदीय दलको विधान २०७८ समेत पार्टीबाट अनुमोदित नभएकाले संसदीय दलका नेता शाहले गर्ने काम कारवाही वैधानिक नहुने उल्लेख गरिएको छ ।

‘निज प्रकाशबहादुर शाहमाथि पार्टीद्वारा कारवाही प्रक्रिया थालनी भइसकेको अवगत गराउँदै निजले संसदीय दलको नेताको हैसियतले पार्टीद्वारा अनुमोदित नै नभएको संसदीय दलको विधान २०७८ अनुसार गरिएका कुनै पनि काम कारवाहीहरुको वैधानिकता नै नरहेकाले निजले कुनै पनि काम कारवाही गर्न नपाउने र निजबाट भए, गरेका काम कारवाहीहरुको वैधता नरहने भएकोले माननीय सभामुखज्यूबाट निजबाट सम्प्रेषित कुनै पनि पत्राचारहरु वा संसदीय दलको नेताको हैसियतामा जारी गरिएका पत्राचार, काम कारवाहीहरु स्वीकार नगर्न सादर अनुरोध छ’ पत्रमा लेखिएको छ ।

नेकपा एमालेको माधवकुमार नेपाल पक्षका शाहसहित १७ सांसदले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिएपछि एमाले सुदूरपश्चिममा विवाद बढेको छ ।

भट्टको विपक्षमा मतदान गर्ने ओली पक्षका ७ जना प्रदेशसभा सदस्यलार्इं संसदीय दलका नेता समेत रहेका माधव पक्षका नेता शाहले स्पष्टीकरण सोधेका बेला ओली पक्षीय प्रदेश कमिटिले उनीसहित माधव पक्षका १७ जनासँग २४ घण्टे स्पष्टीकरण माग गरेको छ ।

चित्तबुझ्दो जवाफ प्राप्त नभएमा साधारण सदस्य समेत नरहनेगरी निष्कासन गरिने एमालेले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?