+
+
Shares

सांसद थापाको पद विवादसम्बन्धी पेशी जेठ ३१ मा सर्‍यो

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ २७ गते १८:३८

२७ जेठ, काठमाडौं । राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशका सांसद कृष्ण थापाको पद विवादसम्बन्धी पुनरावलोकन निवेदनमा जेठ ३१ गते सुनुवाइ हुने भएको छ ।

न्यायाधीश सपना प्रधान मल्ल र डा. कुमार चुडालको इजलासले गण्डकी प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारीसमेतले दिएको पुनरावलोकनमा दुबै पक्षसँग छलफल गर्न जेठ ३१ को पेशी तोकेको हो ।

राष्ट्रिय जनमोर्चाका सांसद थापालाई पार्टीले निष्कासन गरी प्रदेशसभा सचिवालयमा जानकारी गराएको थियो । त्यसपछि प्रदेशसभा बैठकमा सभामुख अधिकारीले सांसद थापालाई दलले कारबाही गरेको हुनाले पदमुक्त भएको जानकारी गराएका थिए ।

राष्ट्रिय जनमोर्चा र सभामुखलाई विपक्षी बनाई थापाले दिएको रिटमा सुनुवाई गर्दै सर्वोच्चले उनलाई प्रदेशसभा सदस्यको हैसियतका कामकाज गर्नबाट नरोक्न अन्तरिम आदेश दिएको थियो । उक्त अन्तरिम आदेशका विरुद्ध राष्ट्रिय जनमोर्चा र सभामुखले पुन सर्वोच्चमा पुनरावलोकन निवेदन दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?