+
+

कोरोनाविरुद्धको खोप लगाउने रामदेवको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ २८ गते १०:१२

२८ जेठ, काठमाडौं । एलोप्याथिक उपचार पद्धतिको विरोध गर्दा विवादमा आएका पतञ्जलि आयुर्वेदिक संस्थाका संस्थापक रामदेवले कोरोना विरुद्धको खोप लगाउने घोषणा गरेका छन् ।

भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार रामदेवले छिट्टै कोरोना खोप लगाउने घोषणा गरेका हुन् ।

यसअघि प्याथोलोजी लगायत आधुनिक चिकित्सा पद्धतिको विरोधमा उत्रिएपछि रामदेवविरुद्ध भारतका चिकित्सकहरुले देशव्यापी विरोध गर्दै उनीविरुद्ध कानुनी उपचारको खोजी गर्ने चेतावनी समेत दिएका थिए ।

भारतीय सञ्चारमाध्यमका अनुसार उनले बिहीबार यस्तो घोषणा गरेका हुन् । उनले चिकित्सकहरुलाई ‘धर्तीमा रहेका ईश्वरका दूत’ संज्ञा समेत दिएको पीटीआईले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?