Comments Add Comment

ग्लोकल टिन हिरोको सातौं संस्करणका लागि आवेदन खुल्ला

ग्लोकल टिन हीरो नेपाल, २०२१ सातौं संस्करणका लागि आवेदन खुलेको घोषणा गरिएको छ । गत बर्षझै यस बर्ष पनि ग्लोकल टिन हिरो नेपाल भर्चुअल रुपमा सेप्टेम्बर १, २०२१मा हुने अनलाइन अवार्ड महोत्सव र सम्मेलनमार्फत घोषणा गरिनेछ ।

सेप्टेम्बर १मा ग्लोकल टिन हिरो नेपाल अनलाइन आयोजना गरिने भएको छ । शिक्षा, उद्यमशीलता, कूटनीति, एवम् अन्य विविध क्षेत्रका ब्यक्तित्वहरुको उपस्थितिमा यो कार्यक्रम सञ्चालन गरिनेछ । ग्लोकल टिन हिरो फेसबुक पेज र बिभिन्न मिडिया टेलिभिजनमार्फत यो लाइभ स्टि्रम पनि हुनेछ । आवेदन खोल्ने पहिलो चरणदेखि ग्लोकल टिन हिरो नेपालको घोषणा सम्पूर्ण अनलाइन नै सन्चालन हुनेछ ।

पहिलो चरणमा कुल आबेदनहरुलाई अन्तरबार्ता र दस्ताबेज समीक्षाको आधारमा ग्लोकल २०अन्डर२० को घोषणा गरिने छ।

त्यसपछि उनीहरुको कामको सुरुवात र प्रभावको आधारमा उकृष्ठ ६ को छनोट हुने छ र अन्तिम चरणमा ६ जनाको व्यक्तित्व मापदण्ड, डोमेन ज्ञान र दुरदर्शनको मापनको लागि अन्तर्बाता हुनेछ र २०२१ को बिजेता घोषणा गरिने छ ।

नेपालबाट २०१५ मा सुरु भई, काठमाडौंका किशोर किशोरीहरूलाई मात्र लक्षित गरेर पछि २०१६सम्ममा यसले नेपालका सबै किशोर किशोरीहरूको लागि राष्ट्रिय मञ्च उपलब्ध गराउन राष्ट्रव्यापी रूपमा आफ्नो कार्य विस्तार गरेको थियो ।

हालसम्म नेपालका ६ किशोर किशोरीहरुलाई ग्लोकल टिन हिरो नेपालका रुपमा सम्मानित गरिएको छ भने ग्लोकल टिन हिरो इन्डिया र श्रीलंकाबाट एक एक जना सम्मनित भएका छन । साथै २० अण्डर २० छनोट गरेर हाल सम्म ९१जनालाई सम्मानित गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment