Comments Add Comment

फ्रेन्च ओपनमा राफेल नाडल तेस्रो पटक पराजित, जोकोभिक फाइनलमा

२९ जेठ काठमाडौं । राफेल नाडललाई पराजित गर्दै सर्वियन नोभाक जोकोभिक फ्रेन्च ओपन ग्लाण्ड्सलामको फाइनल पुगेका छन् ।

गएराति रोलान्ड ग्यारोमा भएको दोस्रो सेमिफाइनलमा जोकोभिकले नाडललाई ३(६, ६(३, ७(६, ६(२ ले पराजित गरेका हुन् । फ्रेन्च ओपनमा नाडल पराजित भएको यो तेस्रो पटक मात्र हो ।

कीर्तिमानी १३ पटकको फ्रेन्च ओपन विजेता नाडल यसअघि सन् २००९ मा रोविन सोडरलिङ र २०१५ मा जोकोभिकसँगै पराजित भएका थिए ।

३४ वर्षीय जोकोभिकले जितपछि फ्रेन्च ओपनमा यो आफ्नो अहिलेसम्मकै उत्कृष्ट खेल भएको बताएका छन् । ‘क्लो कोर्टमा जित्न तपाईँले उत्कृष्ट प्रदर्शन गर्नुपर्छ र यो मेरो अहिलेसम्मकै उत्कृष्ट खेल हो ।’

नाडललाई फ्रेन्च ओपनमा दुई पटक हराउने जोकोभिक पहिलो खेलाडी समेत बने । यसले हारपछि नाडलको कीर्तिमानी १४ फ्रेन्च ओपन र कीर्तिमानी २१औं ग्राण्ड्सलाम जित्ने सम्भावना तत्काललाई टरेको छ । फ्रेन्च ओपनमा नाडल १०८ खेल खेल्दा तेस्रो पटक पराजित भएका हुन् ।

जोकोभिकले भने अब उपाधिका लागि ग्रीसका २२ वर्षीय स्टेफानोस सिसिपाससँग खेल्नेछन् । सिसिपासले जर्मन खेलाडी एलेक्जान्डर जेभरेभलाई पराजित गर्दै पहिलो पटक ग्राण्ड्सलामको फाइनलमा स्थान बनाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment