Comments Add Comment

सप्तरीबाट घरेलु हतियारसहित भारतीय नागरिक पक्राउ

२९ जेठ, सप्तरी । भारतबाट घरेलु हतियार लिएर नेपाल प्रवेश गर्दै गरेको अवस्थामा एक जना भारतीय नागरिक सप्तरीबाट पक्राउ परेका छन् । सीमामा खटिएको सशस्त्र प्रहरीको टोलीले भारतको बिहार राज्य अन्तर्गत मधुवनी जिल्ला बोगटिया निवासी जितेन्द्र मण्डललाई पक्राउ गरेको हो ।

२४ वर्षीय मण्डललाई बोदे बर्साइन नगरपालिकास्थित स्वर्णपट्टीबाट बायरिङ हालेर पड्काउने हतियारसहित पक्राउ गरेको सशस्त्र प्रहरी उपरीक्षक राजु श्रेष्ठले जानकारी दिए । उनलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका निम्ति नेपाल प्रहरीलाई बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरी उपरीक्षक श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment