Comments Add Comment

लुकाकुको दुई गोलमा बेल्जियमको शानदार जित

३० जेठ, काठमाडौं । रोमेलुल लुकाकुको दुई गोल मद्दतमा बेल्जियमले युरोकप फुटबलमा रुसलाई ३-० ले पराजित गर्दै छ । समूह बी अन्तर्गत शनिबार राति रुसको सेन्ट पिटर्सवर्गमा भएको खेलमा लुकाकुले दुवै हाफमा एक/एक गोल गरेका थिए ।

विश्व नम्बर एक बेल्जियमका लागि अर्को गोल थोमस मुनिएले गरे ।

खेलको दशौँ मिनेटमा लुकाकुले गोल गर्दै बेल्जियमलाई सुरुआती अग्रता दिलाएका थिए । गोलपछि लुकाकुले अघिल्लो खेलमा मैदानमै बेहोस भएका डेनिस खेलाडी तथा इन्टरका सहमर्की क्रिस्टियन एरिक्सनलाई गोल समर्पण गरेका थिए ।

फिनल्याण्डविरुद्धको खेलको पहिलो हाफको अन्त्यतिर मैदानमा बेहोस भएर ढलेका एरिक्सन खतरामुक्त रहेको जनाइएको छ ।

खेलको ३४ औं मिनेटमा थोमस मुनिएले गोल गर्दै बेल्जियमको अग्रता दोब्बर पारे ।

खेल सकिन दुई मिनेटअघि लुकाकुले व्यक्तिगत दोस्रो गोल गर्दै बेल्जियमलाई ३-० को जित दिलाए ।

जितपछि बेल्जियमले समूह बी मा ३ अंक जोडेको छ । रुसले हारबाट प्रतियोगिता सुरु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment