Comments Add Comment

आफ्नै युटुबमा च्यानलमा मस्त सलिनमान

नेपाली चलचित्रमा छोटो समयमा नै दर्शकको मनमा बस्न सफल नायक हुन् सलिनमान बनियाँ । सलिमानले चलचित्र ‘ए मेरो हजुर २’बाट करिअर सुरु गरेका हुन् । यो चलचित्रले हिट भएपछि सलिमानको माग पनि चुलियो । तर, सलिमान भने चलचित्र रोजाइमा चुजी देखिए । उनले, दोश्रो चलचित्र ‘यात्रा’मा काम गर्न समय लगाए । यो चलचित्रमा उनी भ्लगरको भूमिकामा देखिएका छन् ।

सलिमान बनियाँले तेश्रो चलचित्र साइन गरेका छैनन् । केही नायकहरुले बर्षमा २–३ वटा चलचित्रमा काम गरिरहेका छन् । तर, सलिमानले चलचित्रमा काम गर्न हतार नगरेको देखिन्छ ।

उनै, सलिनमान आफ्नै युटुबमा च्यानलमा भने मस्त छन् । उनी, आफू विभिन्न स्थानमा पुग्दा भ्लग बनाउनेदेखि अनलाइन गेमलाई युटुबमा अपलोड गरिरहेका छन् ।

सलिमानले युटुब च्यानल खोलेको त केही बर्ष भयो । तर, उनले आफ्नै नाममा खोलेको च्यानलमा निषेधाज्ञाको समयमा भने केही भिडियो अपलोड गरेका छन् ।

चलचित्रमा काम गर्न हतार नगरेपनि सलिनमान अन्य केही कलाकार जस्तै युटुबमा भने मस्त देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment