+
+
Shares

प्रदेश १ सरकारलाई ६२ लाखको स्वास्थ्य सामग्री सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ ३० गते १५:४४

३० जेठ, विराटनगर । यूएनडीपी र यूएसएआईडीको सुआहारा परियोजनाले प्रदेश १ सरकारलाई ६२ लाख ५० हजार रुपैयाँ मूल्य बराबरको स्वास्थ्य सामग्री प्रदान गरेका छन् । दुवै संस्थाले आइतबार सामाजिक विकासमन्त्री उषाकला राईलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।

यूएनडीपीका तर्फबाट ६० वटा अक्सिजन कन्सन्ट्रेटर तथा यूएसएआईडीको सुआहारा परियोजनाबाट पीपीई सेट १०० थान, सर्जिकल मास्क ८ हजार थान, ह्याण्ड सेनिटाइजर ५ सय लिटरको ५० थान र केएन–९५ मास्क ३ सय थान प्राप्त भएको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख शम्भु शाहले जानकारी दिए ।

स्वास्थ्य सामग्री ग्रहण गर्दै सामाजिक विकास मन्त्री राईले कोरोना संक्रमण नियन्त्रणमा सबैको सहयोग आवश्यक रहेको बताइन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?