३० जेठ काठमाडौं । नेपाली महिला भलिबल टिमको प्रशिक्षण असार १ गतेदेखि सुरु हुने भएको छ ।
आगामी अगष्ट-सेप्टेम्बरमा फिलिपिन्समा हुने एसियन सिनियर महिला भलिबल च्याम्पियनसिपलाई मध्यनजर गर्दै नेपाल भलिबल संघ ९एनभिए० ले आगामी मंगलबारदेखि बन्द प्रशिक्षण सुरु गर्न लागेको हो ।
असार १ देखि प्रशिक्षण सुरु गर्ने गरी सबै तयारी गरिरहेका छौँ । खेलाडीहरु लगभग सबै जम्मा भइसकेका छन् एनभिएकी उपाध्यक्ष तथा नेपाली टिम व्यवस्थापक निरोज मास्केले भनिन् । प्रशिक्षणका लागि एनभिएले यसअघि नै ३० खेलाडीको नाम सार्वजनिक गरिसकेको छ ।
उनीहरुलाई त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा रहेको होटलमा राख्ने मास्केले बताइन् । खेलाडीलाई प्रशिक्षणभर होटलमै राखिनेछ । यस्तै प्रशिक्षक र आवश्यक अफिसियल पनि होटलमै बस्नेछन् ।
एनभिएले प्रशिक्षकको जिम्मेवारी जगदिश भट्टलाई दिएको छ भने राष्ट्रिय टिमका पूर्व कप्तान अन्जु श्रेष्ठलाई ट्रेनरको रुपमा राखेको छ ।
गत चैतमा भएको पाँचौं संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपलाई छनोटको आधार बनाउँदै एनभिएले ३० खेलाडीलाई प्रशिक्षणमा बोलाएको हो ।
एनभिएका उपाध्यक्ष मास्केकै संयोजनमा प्रशिक्षक जगदिश भट्ट र प्रज्वल बहादुर सिंहको छनोट समितिले ३० खेलाडी र ५ जना वैकल्पिक खेलाडी छनोट गरेको छ ।
नेपाल पहिलो पटक सहभागी हुन लागेको एसियन महिला भलिबल च्याम्पियनसिप अगष्ट २९ देखि सेप्टेम्बर ५ ९भदौ १३ देखि २० गते० सम्म फिलिपिन्समा हुनेछ ।
बन्द प्रशिक्षणमा को-को खेलाडी ?
त्रिभुवन आर्मी क्लब : सोफिया पुन, सुनिता खड्का, जानकी भण्डारी, शान्ति थारु, सरस्वती जैसी, कृपा अधिकारी, सृष्टि खड्का, संगम महतो ।
एपीएफ : सरस्वती चौधरी, निरुता ठगुन्ना, उषा कुमारी बिष्ट, हिरा केसी, रेश्मा भण्डारी, कविता भट्ट, पुजा चौधरी ।
न्यु डायमण्ड : प्रतिभा माली, अरुणा शाही, सलिन श्रेष्ठ, रिया कुवँर, रिमा कुँवर , झरना श्रेष्ठ, वाल्मीका आचार्य ।
नेपाल पुलिस : उषा भण्डारी, कमला पुन, पुनम चन्द, कामना बिष्ट, मनिषा चौधरी, शान्तिकला तामाङ, लक्ष्मी चन्द ।
भरतपुर मेट्रो : सरस्वती कट्टेल
प्रतिक्रिया 4