Comments Add Comment

तेस्रो पटक युरोकप खेलिरहेको अष्ट्रियाको पहिलो जित

३१ जेठ, काठमाडौं । अष्ट्रियाले युरोकप फुटबलमा पहिलो जित हात पारेको छ । तेस्रो पटक युरोकप खेलिरहेको अष्ट्रियाले  १६औं संस्करण अन्तर्गत सोमबार भएको खेलमा नर्थ मेसेडोनियालाई ३-१ ले पराजित गरेको हो ।

समूह सीमा अष्ट्रियाले जितसहित ३ अंक जोड्दा यसै संस्करणबाट युरोकपमा डेब्यु  गरेको नर्थ मेसेडोनियाको सुरुवात सुखद् हुन सकेन ।

अष्ट्रियाले यसअघि सन् २००८ र २०१८ मा युरोकप खेल्दा एक खेल पनि जितेको थिएन भने जम्मा २ खेल बराबरी गरेको थियो । दुवै पटक अष्ट्रिया समूह चरणबाटै बाहिरिएको थियो ।

रोमानियाको बुखारेस्टमा भएको खेलमा अष्ट्रियालाई जिताउन स्टेफान लाइनर,  माइकल ग्रेगोरिस्द्ब र मार्को अर्नाउटोभिचले गोल गरे । नर्थ मेसोडोनियाका लागि कप्तान गोरन पाण्डेभले गोल फर्काए ।

खेलको १८औं मिनटमा लाइनरले गोल गर्दै अष्ट्रियालाई अग्रता दिलाएका थिए तर गोरनले २८० मिनेटमा बराबरी गोल फर्काए ।

दोस्रो हाफमा अष्ट्रियाका दुवै वैकल्पिक खेलाडीले मान प्रवेश गर्दै गोल गरे । माइकलले ७८औं र अर्नाउटोभिचले ९०औं मिनेटमा गोल गरेपछि अष्ट्रियाले सहज जित हात पारेको हो ।

नर्थ मेसेडोनियाका गोरन पाण्डेभ युरोकपमा गोल गर्ने दोस्रो पाका खेलाडी बने । उनले ३७ वर्ष ३२१ दिन हुँदा गोल गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment