+
+

देशभर फैलियो मनसुन, कुन-कुन नदी क्षेत्रमा जोखिम बढ्यो ?

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ ३१ गते ९:५९

३१ जेठ, काठमाडौं । यस वर्षको मनसुन देशभर फैलिएसँगै तटीय क्षेत्रमा जोखिम बढेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

बाढीले क्षति पुर्याउन सक्ने भएकाले तटीय क्षेत्रमा विशेष सावधानी अपनाउनुपर्ने जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको हो ।

महाशाखाले सोमबार बिहान जारी गरेको बुलेटिनमा लेखिएअनुसार मंगलबार पूर्वी राप्ती, पश्चिम राप्ती, तिनाउ र बबई नदीमा ठूलो बाढी आउने भएकाले उच्च जोखिमको सम्भावना छ ।

यस वर्ष जुन ११ तारिख अर्थात् जेठ २८ गते नेपाल प्रवेश गरेको मनसुन आइतबार साँझबाट देशभर फैलिइसकेको छ । यस वर्षको मनसुनमा अधिकांश स्थानमा सरदरभन्दा बढी पानी पर्ने पूर्वानुमान गरिएकाले बाढी पहिरोबाट क्षति बढी हुन सक्ने आशंका विपदविज्ञहरुले गरेका छन् ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन दिनसम्म यस्तो हुनेछ देशभरका मुख्य नदीहरुको अवस्था –

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?