+
+
Shares

सेयर बजारमा नयाँ रेकर्ड, नेप्से परिसूचक ३ हजार नाघ्यो

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ ३१ गते ११:२०

३१ जेठ, काठमाडौं । सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ३ हजार माथिको विन्दुमा पुगेर नयाँ रेकर्ड कायम भएको हो । यस अघि आइतबारमात्रै २ हजार ९ सय ८३ मा पुगेर कायम भएको रेकर्ड सोमबार नै तोडिएको छ ।

कारोबार खुलेको केही मिनेटमा नै नेप्से परिसूचक उच्च अंकले वृद्धि भएको छ । आइतबार कारोबार रकम पनि १९ अर्ब ५५ करोड रुपैयाँ नाघेर नयाँ रेकर्ड कायम भएको हो ।

पछिल्लो समय अनलाइन कारोबारमा भएको सहजता र लगानीकर्ताहरुको आकर्षणले बजारमा नयाँ रेकर्ड कायम भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?