Comments Add Comment

नम्रता श्रेष्ठ: अभिनय र प्रेम सम्बन्धले सधै चर्चामा

सन् १९८५ जुन १४ तारिखमा धरानमा जन्मिएकी हुन् नायिका नम्रता श्रेष्ठ । उनै, नम्रता आज आफ्नो जन्मदिन मनाउँदैछिन् । नम्रतालाई जन्मदिनको अवसरमा उनका आफन्त, परिवार, चलचित्रकर्मी र फ्यानले शुभकामना दिइरहेका छन् ।

नायिका नम्रता श्रेष्ठले चलचित्र ‘सानो संसार’बाट आफ्नो करिअर सुरु गरेकी हुन् । यो चलचित्रमा अभिनय गरेपछि नै दर्शकको मनमा बसेकी नम्रताले यसपछि चलचित्र ‘मेरो एउटा साथी छ’मा अभिनय गरेकी गरिन् । यो चलचित्रले उनलाई सफलता त दिलायो । तर, सोही समयमा उनी विवादमा परिन् । एक गोप्य भिडियो बाहिरिएपछि नम्रताको करिअरमा ब्रेक लाग्यो ।

चलचित्र क्षेत्रमा उदाउँदै गरेको करिअरमा ब्रेक लागेपछि नम्रता केही समय गुमनाम जस्तै बनिन् । यसपछि, फेरि उनले करिअरलाई अगाडि बढाइन् ।

नम्रताले अभिनय गरेका ‘नोभेम्बर रेन, क्लासिक’ लगायतका चलचित्रले उनलाई नयाँ उचाईमा पुर्याए । चलचित्र ‘क्लासिक’बाट त उनले अधिकांश अवार्ड जितेकी थिइन् ।

यसपछि भने नम्रताले बक्स अफिसमा सफलता हात पारेकी छैनन् । बर्षमा थोरै चलचित्रमा काम गर्ने तर फरक स्वाद दिने भएकाले नै नम्रतालाई उनका फ्यानले निकै रुचाउँछन् ।

नायिका नम्रता श्रेष्ठ करिअरमा प्रेमको चर्चाले पनि सधै रंगिन्छिन् । पछिल्लो समय उनी नायक सारुक ताम्राकारसँगको प्रेमका कारण चर्चामा छिन् । गतबर्ष एक अवार्ड कार्यक्रममा एकसाथ देखिएपछि उनी र सारुकविचको प्रेम सार्वजनिक भएको हो । त्यसअघि उनी दावा शेर्पासँगको प्रेममा थिइन् ।

नेपाली चलचित्र क्षेत्रमा प्रतिभा भएकी र सुन्दरताले भरिएकी नायिकाको रुपमा नम्रतालाई लिइन्छ । उनै, नम्रतालाई जन्मदिनको धेरै धेरै शुभकामना ।

 

तस्वीरःनम्रताको फेसबुकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment