
१ असार, काठमाडौं । देशभरका पेट्रोल पम्पहरुको छाता संगठन नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले पम्पहरुले तेल बिक्री रोक्ने कुनै निर्णय नभएको जनाएको छ ।
तेल बिक्री नहुने भन्नेबारे आएका हल्लाहरु राष्ट्रिय एसोसिएसनसंग सहमति र छल्लफल गरेर नभएको अध्यक्ष लिलेन्द्रप्रसाद प्रधानले बताए ।
‘धेरैले सोधिरहनु भएको छ, पम्पहरुले पेट्रोल बिक्री रोक्ने र निगमबाट खरिद पनि नगर्ने कुनै निर्णय भएको मेरो जानकारीमा छैन,’ अध्यक्ष प्रधानले भने ।
कसैले यस्तो निर्णय गरेको भए आधिकारिक राष्ट्रिय एसोसिएसनलाई जानकारी गराउनुपर्ने पनि प्रधानले बताए ।
एसोसिएसनका महासचिव विश्व प्रसाद अर्यालले पनि पम्पहरुले खोप नपाए बिक्री रोक्ने कुनै निर्णय नगरेको अनलाइनखबरलाई बताए ।
खोप नदिए निगमसँग तेल नकिन्ने र उपभोक्तलाई तेल बिक्री नगर्ने निर्णय भएको कुरा सत्य होइन, क्रमैसँग सबैलाई खोप लगाउँदै जाने सहमति भएको छ,’ महासचिव अर्यालले भने ।
अहिले चालक र सहचालकले खोप लगाउने र बिस्तारै पम्पका कर्मचारीले पनि खोप पाउने गरी निगमसँग छलफल चलिरहेको महासचिव अर्यालको भनाइ छ ।
प्रतिक्रिया 4