+
+

यातायात मजदुरलाई कोरोना खोप दिन माग

अनलाइनखबर अनलाइनखबर
२०७८ असार १ गते १७:१०

१ असार, काठमाडौं । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङलाई भेटेर यातायात मजदुरहरुलाई खोप दिन माग गरेको छ ।

मंगलबार मन्त्रालय पुगेको संगठनको टोलीले स्वास्थ्यमन्त्रीसमक्ष विभिन्न माग राखेको छ, जसमा यातायात मजदुरहरुलाई खोप उपलब्ध गराउनुपर्ने समेत छ । संगठनका अध्यक्ष भीमज्वाला राईका अनुसार अनुसार ११ लाख बढी यातायात मजदुर छन् । व्यवसायी र उनीहरुको परिवार समेत जोड्ने हो भने झण्डै ४५ लाख पुग्छ ।

तत्काल इन्धन ढुवानी गर्ने सवारीका चालक तथा सहचालकलाई र यातायात मजदुरलाई लकडाउन अवधिमै खोप दिन माग गरिएको अध्यक्ष राईले जानकारी दिए । जवाफमा स्वास्थ्यमन्त्री तामाङले सबैतिर खोपको माग रहेको, तर सरकारसँग उपलब्धता नभएको बताए । उनले अब आउने खोपमा यातायात मजदुरलाई प्राथमिकतामा राख्ने आश्वासन समेत दिएका छन् ।

हेर्नुहोस् ज्ञापनपत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?