Comments Add Comment

महिला भलिबल टिमको बन्द प्रशिक्षण सुरु (फोटो फिचर)

१ असार, काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टिमको बन्द प्रशिक्षण मंगलबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा सुरु भएको छ ।

आगामी अगष्ट–सेप्टेम्बरमा फिलिपिन्समा हुने एसियन सिनियर महिला भलिबल च्याम्पियनसिपलाई मध्यनजर गर्दै नेपाल भलिबल संघ (एनभीए)ले नेपाली महिला भलिबल टिमले बन्द प्रशिक्षण सुरु गरेको हो ।

लामो प्रयासपछि भलिबल खेलाडीको बन्द प्रशिक्षण सुरु भएको एनभीएका उपाध्यक्ष तथा नेपाली टिम व्यवस्थापक निरोजा मास्केले बताइन् । प्रशिक्षणका लागि यसअघि एनभीएले ३० खेलाडीको नाम सार्वजनिक गरेको थियो । त्यसमध्ये पहिलो दिन २५ खेलाडी प्रशिक्षणमा सहभागी भए ।

पहिलो दिन प्रशिक्षणमा आएका सबै खेलाडीको पीसीआर परीक्षण भएको र सबैको रिपोर्ट नेगेटिभ आएको मास्केले जानकारी दिइन् ।

गत चैतमा भएको पाँचौं संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपलाई छनोटको आधार बनाउँदै एनभीएले ३० खेलाडीलाई प्रशिक्षणमा बोलाएको हो ।

एनभीएका उपाध्यक्ष मास्केकै संयोजनमा प्रशिक्षक जगदीश भट्ट र प्रज्वलबहादुर सिंहको छनोट समितिले ३० खेलाडी  र ५ जना वैकल्पिक खेलाडी छनोट गरेको छ ।

नेपालले पहिलो पटक एसियन च्याम्पियन्सिप खेल्न लागेको हो ।

एसियन महिला भलिबल च्याम्पियनसिप अगष्ट २९ देखि सेप्टेम्बर ५ सम्म फिलिपिन्समा हुनेछ ।

बन्द प्रशिक्षणमा बोलाइएका खेलाडी

त्रिभुवन आर्मी क्लब : सोफिया पुन, सुनिता खड्का, जानकी भण्डारी, शान्ति थारु, सरस्वती जैसी, कृपा अधिकारी, सृष्टि खड्का, संगम महतो

एपीएफ : सरस्वती चौधरी, निरुता ठगुन्ना, उषाकुमारी बिष्ट, हीरा केसी, रेश्मा भण्डारी, कविता भट्ट, पूजा चौधरी

न्यू डायमण्ड : प्रतिभा माली, अरुणा शाही, सलिन श्रेष्ठ, रिया कुवँर, रीमा कुँवर, झरना श्रेष्ठ, बाल्मिका आचार्य

नेपाल पुलिस : उषा भण्डारी, कमला पुन, पुनम चन्द, कामना बिष्ट, मनिषा चौधरी, शान्तिकला तामाङ, लक्ष्मी चन्द

भरतपुर मेट्रो : सरस्वती कट्टेल

तस्वीर : आर्यन धिमाल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment