+
+

सिन्धुपाल्चोकमा बाढी पहिरोः एकको शव भेटियो, ७ को अवस्था अज्ञात

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २ गते ८:५०

२ असार, काठमाडौं । सिन्धुपाल्चोकमा आएको बाढी र पहिरोमा परेर ज्यान गुमाउने एक जनाको शव* भेटिएको छ । थप ७ जनाको अवस्था अज्ञात छ ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुणकुमार पोखरेलले यसअघि ७ जनाको मृत्यु भएको पुष्टि भएको बताएका थिए । तर स्थलगत निरीक्षणमा गएका सिन्धुपाल्चोक प्रहरी प्रमुख एसपी राजन अधिकारीले एकजनाको मात्र शव भेटिएको बताए ।

सिन्धुपाल्चोकका सहायक सीडीओ बाबुराम खनालले पनि ७ जनाको अवस्था अझै अज्ञात रहेको बताए । उनीहरूको खोजी कार्य जारी छ ।

उनका अनुसार हेलम्बु–२ का ३१ वर्षीय माधव भण्डारी, ४२ वर्षीय गणेश ज्योति, वडा नं. ३ का ६६ वर्षीय टिकामाया खड्का, वडा नं. ७ का ५५ वर्षीय ज्ञानेन्द्र कक्षपति, वडा नं. ६ का ५० वर्षीय च्याङा तामाङ र चौताराका २३ वर्षीय सुरेन्द्र नेपालको अवस्था अज्ञात छ । अर्की एक जना नाम नखुलेको महिलाको पनि अवस्था हालसम्म खुलेको छैन ।

गएरातिदेखि परेको अविरल वर्षाका कारण मेलम्ची नदी थुनिएपछि बाँध फुटेर बाढी र पहिरो आएको खनालले बताए । त्यसक्रममा पानीमा फसेका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल लगायतले ६० जनाको उद्दार गरेका छन् ।

*सिन्धुपाल्चोकका सीडीओले ७ जनाको मृत्यु भएको पुष्टि भएको दाबी गरे पनि हाल एक जनाको मात्र शव भेटिएको पुष्टि भएकाले यसअघि प्रकाशित समाचार सच्याइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?