Comments Add Comment

टोकियो पाराल्याम्पिकमा नेपाली खेलाडी वाइल्ड कार्डबाट छनोट

२ असार, काठमाडौं । आउँदो भदौमा जापानमा हुने पाराल्याम्पिक खेलमा नेपाली पारा तेक्वान्दो खेलाडी पलेसा गोवर्द्धन वाइल्ड कार्डमार्फत् छनोट भएकी छन् ।

टोकियो पाराल्याम्पिक गेम्स २०२० मा नेपाली राष्ट्रिय पारा तेक्वान्दोका खेलाडी पलेसा (के.४४, ५८ के.जी मुनि) वाइल्डकार्ड मार्फत छनोट भएकी नेपाल तेक्वान्दो संघले जनाएको छ ।

ओलम्पिकका लागि एशियाली क्षेत्रको छनोट प्रतियोगिता जोर्डनको अम्मान शहरमा गत २०७८ जेष्ठ ७ गते देखि २३ गते सञ्चालन भएको थियो । कोरोना महामारीको समयमा निषेधाज्ञा, अन्तर्राष्ट्रिय हवाई सेवा अवरूद्ध भएको र जोर्डनमा क्वारेन्टिन बस्नुपर्ने नियमका कारण नेपालका खेलाडी छनोट खेलमा सहभागी हुन पाएका थिएनन् ।

त्यसपछि नेपाल तेक्वान्दो संघले पारा तेक्वान्दो खेलाडी पलेसा गोवर्द्धन (के.४४, ५८ के.जी) र रञ्जना धामी (के.४४, ४९ के.जी) को वाइल्ड कार्डका लागि विश्व तेक्वान्दो महासंघमा पहल गरेको थियो । पलेसा गोबर्धन विश्व तेक्वान्दो महासंघको १३ औं स्थानको श्रेणीकरण (र्‍यांकिङ) मा रहेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment