
३ असार, काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिका–३ मोतीगढाबाट एक थान पेस्तोलसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
सोही ठाउँका ५९ वर्षीय पशुराम चौधरी, ५० वर्षीया श्यामकुमारी चौधरी र सप्तरीको सुरुङ्गा नगरपालिका–८ बस्ने २३ वर्षीय बबी चौधरीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।
पशुरामको घरमा हातहतियार रहेको भन्ने सूचनाको आधारमा पेस्तोल फेला पारी उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4