
३ असार, जनकपुरधाम । महोत्तरीको सम्सी गाउँपालिकामा लुटेरा समूहको प्रतिकार गर्दा एउटै परिवारका ५ जना घाइते भएका छन् ।
सम्सी–१ स्थित वीरेन्द्र साहको गहना पसलमा लुटपाट गर्न आएको समूहको प्रतिकार गर्दा वीरेन्द्रमाथि गोली प्रहार भएको महोत्तरीका प्रहरी प्रमुख एसपी दिनेश आचार्यले जानकारी दिए ।
८÷१० जनाको समूहले गहना लुटपाट गर्न खोज्दा साह परिवारले प्रतिकार गरेको थियो । सो क्रममा लुटेरा समूहले हानेको गोली वीरेन्द्रको कम्मरमा लागेको र परिवारका अरु सदस्यमाथि रडलगायतका घरेलु हतियार प्रहार भएको गरेको प्रहरीले बताएको छ ।
गोली लागेका साहलाई उपचारका लागि धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । साहकी पत्नी सुशीला देवी, छोराहरु शम्भु, राजीव र छोरी कञ्चनलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम लगिएको छ ।
उक्त समूहले ५ तोला सुन, १७२ तोला चाँदी र नगद २ लाख रुपैयाँ लुटेको पीडित परिवारलाई उदृत गर्दै प्रहरीले जनाएको छ । घटनाका विषयमा अनुसन्धान भइरहेको एसपी आचार्यले बताए ।
प्रतिक्रिया 4