Comments Add Comment

टेबलटेनिस खेलाडी अनिता महर्जनलाई पिङ पोङ डिप्लोमेसीको सम्मान

३ असार, काठमाडौं । नेपाली टेबलटेनिस खेलाडी अनिता महर्जनलाई अन्तर्राष्ट्रिय टेबलटेनिस महासंघअन्तर्गतको पिङ पोङ डिप्लोमेसीले सम्मान गरेको छ । नेपाली टेबलटेनिसको विकास र विस्तारमा सहयोग पुर्‍याएको तथा यसमार्फत महिला सशक्तीकरणमा भूमिका निर्वाह गरेकाले उनलाई सम्मान गरिएको जनाइएको छ ।

अनिता एरोबिक टेबलटेनिसकी ब्रान्ड एम्बासडर समेत हुन् । यसका साथै आफूलाई एरोबिक टेबलटेनिसको पार्टनर र प्रोमोटर पनि चयन गरिएको अनिताले बताइन् ।

अनिताले परिवारकै सहयोगमा सामाखुशीस्थित सरकारी धारामा एनिस पिङ पोङ क्लब पनि स्थापना गरेकी  छन् । अनिता उक्त क्लबको प्रमुख कार्यकारी अधिकृत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment