Comments Add Comment

सिन्धुपाल्चोक विपद : भारतीय नागरिकको पनि शव भेटियो

३ असार, काठमाडौं । सिन्धुपाल्चोकमा गएको बाढी र पहिरोमा परेर ज्यान गुमाउनेको संख्या तीन पुगेको छ । बिहीबार सिन्धुलीमा थप एक जनाको शव भेटिएसँगै मृत्यु हुनेको संख्या तीन पुगेको हो ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलका अनुसार भारतीय नागरिक कमल लोचन महतोको शव सिन्धुलीमा भेटिएको हो । ‘बिहान एक जना चिनियाँ नागरिकको शव भेटिएको थियो, अहिले एक जना भारतीय नागरिकको पनि भेटियो’ उनले भने, ‘पोष्टमार्टमका लागि पठाउने तयारी छ ।’

यसअघि सिन्धुपाल्चोकमा चिनियाँ नागरिक २२ वर्षीय गोंग तियांग सियाओ र ४८ वर्षीय यु ची झुको शव भेटिइसकेको छ । घटनामा कम्तिमा १९ जना अझै बेपत्ता छन् । उनीहरुको खोजीमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली खटिएको छ ।

ज्यान गुमाउने तीनै जना मेलम्ची खानेपानी आयोजनामा कार्यरत थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment