Comments Add Comment

एरिक्सनको शरीरमा आईसीडी डिभाइस राखिने

३ असार, काठमाडौं । डेनिस मिडफिल्डर क्रिस्टियन एरिक्सनको शरीरमा हर्ट स्टार्टिङ डिभाइस राखिने भएको छ । युरोकप २०२० अन्तर्गत फिनल्याण्ड विरुद्धको खेलमा एरिक्सन बेहोस भएर मैदानमा ढलेका थिए । पछि उनलाई हृदयघात भएको पुष्टि भएको थियो ।

डेनमार्क टोलीका डक्टर मोर्टेन बोएसेनले एरिसक्सनको मुटुको गति तलमाथि भएकोले त्यसलाई नियन्त्रण गर्न इम्प्लान्टेबल कार्डियोभर्टर डेफिब्रिलेटर (आईसीडी) जडान गरिने बताएको डेनिस फुटबल संघले स्टेटमेन्टमार्फत जनाएको छ ।

‘क्रिस्टियनको मुटुको विभिन्न परीक्षणहरू पार गरिसकेपछि उनलाई आईसीडी (हर्ट स्टार्टर) लगाउने निर्णय गरिएको छ । यो उपकरण मुटुको ताल गडबडीको कारण हृदयघात भएपछि आवश्यक छ’ मोर्टेन बोसेनले बिहीबार भने ।

‘एरिक्सनले समाधान स्वीकारेको छ र यस योजनाको पुष्टि राष्ट्रिय र अन्तर्राष्ट्रिय विशेषज्ञहरु द्वारा गरिएको छ जसले समान उपचारको सिफारिस गर्छन् । हामी सबैजनालाई क्रिस्टियन र उसको परिवारलाई शान्ति र गोपनीयता दिन हौसला दिन्छौं ।’

२९ वर्षीय मिडफिल्डर शनिबार घरेलु मैदानमा भएको फिनल्याण्ड विरुद्धको खेल थ्रो बाट आएको बल लिने क्रममा ४३औं मिनेटमा पिचमा ढलेका थिए । उनलाई मैदानमा सीपीआर दिइएको थियो । केही समयपछि उनको चेतना आएको थियो र हस्पिटल लगिएको थियो । जहाँ डाक्टरहरूले उनको हृद्यघातको कारण पत्ता लगाउन काम गरिरहे ।

एरिक्सन आफू ठिक रहेको भन्दै बुधबार सामाजिक संजाल इन्स्टाग्राममा फोटो पोस्ट गरेका थिए । उनी अहिले हस्पिटलमै छन् र त्यहाँको अवस्था अनुसार ठिक रहेको बीबीसीले जनाएको छ ।

नेदरल्याण्ड तथा अयाक्समा डिफेण्डर डेली ब्लाइन्डले सन् २०१९ मा मुटुको उपचारपछि आईसीडी जडान गरेका थिए र उनी २०२० फेब्रुअरीमा मैदान फर्केका थिए ।

३१ वर्षीय ब्लाइण्ड हाल युरोकप मा नेदरल्याण्ड्सको टिममा छन् । युक्रेन विरुद्ध पहिलो खेल ३-२ ले जित्दा उनले खेलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment