+

राष्ट्रिय फुटबल टिमका खेलाडी र अफिसियलले लगाए कोरोनाविरुद्धको खोप

२०७८ असार  ३ गते १६:५१ २०७८ असार ३ गते १६:५१
राष्ट्रिय फुटबल टिमका खेलाडी र अफिसियलले लगाए कोरोनाविरुद्धको खोप

३ असार, काठमाडौं । राष्ट्रिय फुटबल टिमका खेलाडी र अफिसियलहरुले कोरोना खोप लगाएका छन् । विश्वकप र एसियन कप छनोट खेलेर आएको टोलीका सदस्यलाई बिहीबार कोरोना खोप लगाएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।

यस्तै खोप लगाएपछि खेलाडीहरु बिहीबार घर फर्कन थालेको एन्फाले जनाएको छ । खेलाडी र अफिसियलले डिस्ट्रिक पब्लिक हेल्थ अफिस ललितपुरमा खोप लगाएका हुन् ।

कुवेतमा विश्वकप छनोटका ३ खेल खेलेर नेपाली टिम जुन १३ मा स्वदेश फर्किएको थियो । त्यसअघि नेपालले इराकसंग मैत्रीपूर्ण खेल समेत खेलेको थियो । छनोटमा नेपालले चाइनिज ताइपेईलाई २-० ले हराउँदा जोर्डन र अष्ट्रेलियासंग समान ३-० ले पराजित भएको थियो ।

समूह बी मा चौथो भएपनि नेपालले सन् २०२३ मा चीनमा हुने एसियन कपको लागि अन्तिम चरणको छनोटमा प्रवेश गरेको छ ।

फुटबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय