+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

पकाहामैनपुर गाउँपालिकाले ल्यायो ४० करोड ९२ लाखको बजेट

अनलाइनखबर अनलाइनखबर
२०७८ असार ३ गते १८:४९

३ असार, वीरगञ्ज । पर्साको पकाहामैनपुर गाउँपालिकाले आर्थिक वर्ष ०७८/७९ का लागि ४० करोड ९२ लाख १६ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । बिहीबार आयोजित सातौं गाउँ सभामा नीति तथा कार्यक्रम एवं बजेट प्रस्तुत गरिएको हो ।

गाउँपालिकाले चालुतर्फ २० करोड २ लाख र पुँजीगत तर्फ २० करोड ९० लाख बजेट विनियोजन गरेको छ । स्वास्थ्य, शिक्षा र कृषिलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको गाउँपालिका अध्यक्ष विजयकुमार चौरसियाले जानकारी दिए ।

स्वास्थ्यमा निःशुल्क औषधि, कोरोना प्याकेज, सबै वडामा एम्बुलेन्सको व्यवस्था, निःशुल्क प्रयोगशाला परीक्षण सेवा र नयाँ उपकरण जडान गरिने, शिक्षामा भौतिक पूर्वाधार निर्माण, कक्षा वृद्धि, उच्च शिक्षा अध्यापन गराउने विद्यालयमा स्नातक कक्षा सञ्चालन गर्ने, प्राविधिक जनशक्ति उत्पादनका लागि सिभिल ईन्जिनियरिङ अध्ययापन गराउन बजेट विनियोजन गरिएको गाउँपालिका अध्यक्ष चौरसियाको भनाइ छ ।

बजेटमा सिँचाइका लागि विद्युत पोल जडान गर्ने, सौर्य उर्जाबाट सिँचाइका लागि आवश्यक प्रवन्ध मिलाउने लगायतका कार्यक्रम समेटिएको प्रशासकीय अधिकृत रमेश सुवेदीले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?