Comments Add Comment

जब एरिक्सनको सम्मानमा डेनमार्क र बेल्जियमबीचको खेल १०औं मिनेटमा रोकियो…

४ असार, काठमाडौं । १६औं संस्करणको युरोकप अन्तर्गत बिहीबार डेनमार्क र बेल्जियम बीचको खेल १०औं मिनेटमा रोकियो ।

कोपनहेगनस्थित पार्केन स्टेडियममा रेफ्री बोजान कुइपर्सले १०औं मिनेटमा खेल रोकेका थिए।

कारण थियो यसअघि फिनल्याण्डविरुद्धको खेलमा बेहोस भएर मैदानमा ढलेका डेनिस मिडफिल्डर क्रिस्टियन एरिक्सनलाई समर्थन गर्न ।

खेल रोकेर दुवै टिमका खेलाडी र दर्शकहरुले एरिक्सनप्रति सम्मान देखाएका थिए ।

फिनल्याण्डविरुद्धको खेलमा मैदानमा बेहोस भएर ढलेका एरिक्सनलाई हृद्यघात भएको पुष्टि भएको थियो ।

एरिक्सनले राष्ट्रिय टिममा १० नम्बर जर्सी लगाउने गरेका छन् ।

त्यसैले बेल्जियमसँगको खेलमा १०औं मिनेटमै खेल रोकिएर समर्थन देखाइएको थियो ।

खेल सुरु हुनुअघि पाकेन स्टेडियम मैदानमा समर्थकहरुले एरिक्सनको जर्सी भएको ठूलो क्यानभास मैदानमा देखाएका थिए । यस्तै फ्यानहरुले पनि ‘गेट वेल सुन एरिक्सन’ लेखेका टिसर्ट लगाएका थिए ।

यस्तै ‘बेल्जियम लभ्स यु क्रिस्टियन’ लेखिएका ब्यानरसमेत देखाइएको थियो ।

घरेलु मैदानमा युसुफ पाउलसेनले दोस्रो मिनेटमै डेनमार्कलाई अग्रता दिलाए पनि केभिन डे ब्रुएनाले प्रेरणादायी प्रदर्शन गरेपछि बेल्जियमले २-१ को पुनरागमन जित हात पारेको थियो ।

यसअघि एरिक्सनसँगै इन्टरमिलानमा खेल्ने रोमेलु लुकाकुले रुसविरुद्धको खेलमा गोल गर्दा एरिक्सनलाई समर्पित गर्दै क्यामेरा अघि गएर ‘क्रिस क्रिस आई लभ यु’ भनेर भनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment