+
+
Shares

सत्‍यमोहन जोशीको स्वास्थ्यमा सुधार भएपछि अस्पतालबाट डिस्चार्ज

अनलाइनखबर अनलाइनखबर
२०७८ असार ४ गते १४:३४

४ असार, काठमाडौं। वाङमय शताब्दी पुरूष डा. सत्‍यमोहन जोशी अस्पतालबाट डिस्चार्ज भएका छन् ।

अस्पतालले शुक्रबार एक प्रेस विज्ञप्ति निकालेर जोशीको स्वास्थ्य अवस्था सामान्‍य भएकाले उनलाई शुक्रबार चिकित्सकको सल्लाहमा डिस्चार्ज गरिएको जानकारी दिएको छ ।

अस्पतालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हाल डा. जोशी ज्‍यूको स्वास्थ्यमा सुधार भइ उहाँ हिड्‌डुल गर्न सक्‍नु हुनु भएको छ । अस्पतालको बसाइको क्रममा उहाँको खानपिन सामान्‍य नै रहेको थियो । पल्मोनोलोजी कार्डिक तथा जेरियट्रिक फिजिसियनबाट समेत उहाँको अवस्था सुधारात्मक रहेको कुरा जानकारी भएकाले चिकित्सकको सल्लाह बमोजिम उहाँलाई शुक्रबार डिस्चार्ज गरिएको छ।’

यसअघि जोशीको श्वास प्रश्वासमा समस्या, छातीको संक्रमण, मुटुको चालमा गडबडीका साथै रक्तचापमा कमी देखिएपछि जेठ २६ गते उनलाई ललितपुरको किष्ट शिक्षण अस्पतालमा  भर्ना गरिएको थियो ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?