Comments Add Comment

बार्सिलोनाका प्रशिक्षक भन्छन् : मेसीले बार्सिलोनामै करियर अन्त्य गर्नुपर्छ

४ असार, काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोएमनले स्टार खेलाडी लिओनल मेसीसँग छिट्टै नयाँ सम्झौता हुने बताएका छन् ।

कोएमनले मेसीसंग तनयाँ शर्तमा सम्झौता हुने विश्वास व्यक्त गर्दै उनले मेसीलाई फ्रि एजेन्टको रुपमा अरु क्लबमा जान रोक्नुपर्ने बताए ।

६ पटकका बालोन डे ओर विजेता मेसीले आफ्नो भविष्यबारे आधिकारिक रुपमा केही सार्वजनिक गरेका छैनन् । ३३ वर्षीय मेसी बार्सिलोनामा आफ्नो सम्झौता सकिने मिति जुन अन्तिमको पर्खाईमा छन् ।

बार्सिलोनाका प्रशिक्षक कोएमनलाई मेसीको बारेमा लामो समय चलेको चर्चाको बारेमा सोध्दा स्पोर्ट्ससंग भने, ‘मेसीले उनको करियर बार्सिलोनामै अन्त्य गर्नुपर्छ, त्यसैले मलाई आशा छ हामी यसलाई केही समयमा आधिकारिक बनाउनेछौँ ।’

बार्सिलोनाका अध्यक्ष जोन लापोर्टाले पनि मेसी बार्सिलोनामै बस्ने बताउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment