Comments Add Comment

२० वर्षपछि पार्मामा फर्किए गोलकिपर बुफोन

४ असार, काठमाडौं । भेट्रान इटालियन गोलकिपर जियानलुजी बफोन २० वर्षपछि पूर्व क्लब पार्मामा फर्किएका छन् ।

४३ वर्षीय बुफोनले गत सिजन सिरी ए बाट रेलिगेसनमा परेको पार्मासंग दुई वर्षको सम्झौता गरेका छन् । बुफोनले गत सिजनको अन्तिममा युभेन्ट्स छाडेका थिए ।

सन् २००६ मा फिफा विश्वकप जितेको इटली टिमको सदस्य बुफोनले राष्ट्रिय टिमबाट १७६ खेल खेलेका छन् । यस्तै सिरी ए मा उनले सर्वाधिक ६५६ खेल खेलेका छन् । गत सिजन उनले युभेन्ट्सका लागि १४ खेल खेलेका थिए ।

पार्माका अध्यक्ष काल क्रउसले बुफोनलाई स्वागत गर्न पाउँदा खुशी लागेको बताएका छन् । उनले यसलाई आफूहरुको लागि विशेष क्षण मानेका छन् ।

बुफोनले सन् १९९५ मा १७ वर्षको उमेरमा पार्माबाट क्लब फुटबलमा डेब्यु गरेका थिए । त्यहाँ ६ वर्ष बिताएर उनी २००१ मा २३.३ मिलियन पाउण्डमा युभेन्ट्समा अनुबन्ध भएका थिए । त्यो रकम त्यतिबेला गोलकिपरको लागि खर्च भएको कीर्तिमानी रकम थियो ।

बुफोन सन् २०१८ मा युभेन्ट्स छाड्दै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पुगेका थिए । जहाँ उनले एक सिजन बिताउँदा फ्रेन्च उपाधि जिते र २०१९ मा फेरि युभेन्ट्स फर्केका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment