+
+
Shares

बागमती प्रदेशको युवा परिषदको उपाध्यक्षमा चौलागाईं

अनलाइनखबर अनलाइनखबर
२०७८ असार ४ गते १७:५८

४ असार, काठमाडौं । बागमती प्रदेशको ‘प्रदेश युवा परिषद’को उपाध्यक्षमा मकवानपुरका युवानेता सन्तोष चौलागाईं नियुक्त भएका छन्। बागमती प्रदेश सरकारको गत जेठ २७ गते बसेको मन्त्रीपरिषद्को निर्णयबाट प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले चौलागाईंलाई युवा परिषद्को उपाध्यक्षमा नियुक्त गरेका हुन्।

युवा परिषदमा उपाध्यक्ष नियुक्तिसँगै प्रदेशमा युवाको निति निर्माण गर्न र योजना कार्यान्वयन गर्न सहज हुने मुख्यमन्त्री पौडेलले बताए। नियुक्त हुनुभएका चौलागाईंलाई आज मन्त्रालयमा एक कार्यक्रमका बीच सपथ ग्रहण गराउदै सामाजिक विकास मन्त्री सरस्वती बस्नेतले समग्र युवा बिकासका लागि महिला युवाहरुको सक्रियता बढाउनेगरि काम गर्न सुझाव दिइन्।

बागमती प्रदेशको युवा परिषद्को उपाध्यक्षको लागि १६ जनाको आवेदन परेकोमा सामाजिक विकास मन्त्रालयले ६ जनालाई अन्तरवार्ताका लागि छनौट गरेको थियो ।

प्रदेश युवा परिषद्को कार्यकारी उपाध्यक्षमा नियुक्त हुनुभएका चौलागाईंले २०७३ मा जिल्ला युवा समिति मकवानपुरको अध्यक्षको रूपमा एक कार्यकाल सम्हालेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?