+
+
Shares

ढुंगा गिटी निकासीको नीतिले समृद्धिको यात्रामा बल पुग्छ : मुख्यमन्त्री राई

हरि अधिकारी हरि अधिकारी
२०७८ असार ५ गते १३:१८

५ असार, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले ढुंगा गिटी निकासीको नीतिले समृद्धिको यात्रामा बल पुग्ने बताएका छन् । ढुंगा गिटी निकासी गर्ने संघीय सरकारको नीतिको चौतर्फी विरोध भइरहेका बेला मुख्यमन्त्री राईले भने यसको बचाउ गरेका हुन् ।

ढुङ्गा गिटी निकासी गर्नु उपयुक्त भए पनि चुरे संरक्षणको विषयमा प्रदेश सरकार स्पष्ट रहेको उनको भनाइ छ । ‘हामीसँग धेरै प्राकृतिक स्रोतहरु छन् चुरेबाहेकका ठाउँमा, त्यहाँका सामग्री निकाल्न सकिन्छ,’ उनले भने, ‘हामीलाई चाहिएको भन्दा बढी सामग्री निकासी गर्न पनि सकिन्छ होला ।’

चुरे संरक्षणमा प्रदेश र केन्द्र सरकार स्पष्ट रहेको भन्दै मुख्यमन्त्री राईले चुरे दोहन गरेर ढुङ्गा गिटी बाहिर निकासी गर्ने सरकारको योजना नरहेको बताए । ‘अहिले चुरे संरक्षणको विषयमा जे कुरा बाहिर आएका छन् ती जायज छन् । सही कुरा उठेका छन्,’ अनलाइनखबरसँग उनले भने, ‘चुरे संरक्षणमा प्रदेश सरकारको स्पष्ट धारणा छ, चुरेलाई संरक्षण गर्नुपर्छ, विनाश गर्नु हुन्न ।’

चुरेभन्दा बाहेकका खानीहरुलाई समृद्धिको यात्रामा जोड्नुपर्ने उनले बताए । संरक्षणमा नाममा विरोधका लागि विरोध मात्रै भएको उनले बताए । ‘उदाहरणका लागि उदयपुर सिमेन्ट कारखाना अन्तर्गत एउटा चुनढुङ्गा खानी । त्यसको उपयोग अहिलेकै रफ्तारमा गर्दै जाने हो भने चार सय वर्षमा पनि सकिंदैन, हामीले चार सय वर्ष कुर्ने कि अहिले हाम्रो समृद्धिमा त्यसलाई जोड्ने ?,’ उनले भने, ‘खानीको अधिकतम सदुपयोग गरेर त्यसलाई बाहिर पनि निकासी गर्न सकिन्छ हाम्रो समृद्धिका लागि ।’

खानी उत्खनन् र निकासी गर्दा चुरे क्षेत्रको संरक्षणमा भने ध्यान दिनुपर्ने उनको भनाइ छ । ‘अहिलेको मुख्य मुद्दा चुरे क्षेत्रको संरक्षणको कुरा हो । त्यसमा नेपाल सरकारले धारणा ल्याइसक्यो । प्रदेशले पनि त्यही धारणा हो,’ उनले भने, ‘चुरेको  संरक्षण गर्नैपर्छ तर त्यसभन्दा बाहेक पनि त प्राकृतिक स्रोतको अथाह खानी छ ।’

संघीय सरकारको ढुंगा गिटी विदेश निर्यात गर्ने नीति तत्काल कार्यान्वयन नगर्न शुक्रबार सर्वाेच्च अदालतले अन्तरिम आदेश आदेश दिएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?