Comments Add Comment

युरोकपमा आज चार खेल हुँदै 

७ असार, काठमाडौं । युरोकप २०२० अन्तर्गत आज चार खेल हुँदैछन् । जसमा समूह बी र सी का दुई-दुई खेल हुनेछन् ।

समूह बी अन्तर्गत बेल्जियम र फिनल्यान्ड तथा डेनमार्क रुसबीचको खेल राति १२:४५ बजे हुनेछ ।

त्यसअघि समूह सी अन्तर्गत नेदरल्यान्ड्स र नर्थ मेसेडोनिया तथा  युक्रेन र अष्ट्रियाबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ ।

नेदरल्यान्ड्स यसअघि नै लगातार दुई खेल जितेर समूह बिजेता बन्दै नकआउट राउण्डमा प्रवेश गरिसकेको छ ।

यसअघि दुई खेलमा नेदरल्यान्ड्सले युक्रेन र अष्ट्रियालाई पराजित गरेको थियो ।

नर्थ मेसेडोनियाविरुद्ध जस्तो नतिजा आए पनि नेदरल्यान्ड्सलाई असर गर्ने छैन । उता लगातार दुई खेल हारिसकेको नर्थ मेसेडोनिया अंकविहीन रहँदै पुछारमा छ ।

यसै समूहको अर्को खेलमा युक्रेन र अष्ट्रिया भिड्दा दुवै टोली स्पष्ट जितको लक्ष्यमा हुनेछन् ।

यसअघि एक जित र एक हारसहित ३ अंक जोडेका दुवै टिम जित निकाल्दै नकआउट चरणमा पुग्न चाहन्छ ।

युक्रेन र अष्ट्रियाको २ खेलमा समान ३ अंक छ । गोल अन्तरमा युक्रेन दोस्रो र अष्ट्रिया तेस्रो स्थानमा छ ।

समूह बी बाट मा रहेको बेल्जियम यसअघि नै  नकआउट चरणमा पुगिसकेको छ । अघिल्ला दुई खेल जितेको बेल्जियमले ६ अंक जोडेको छ । आज फिनल्याण्डलाई हराए बेल्जियम समूह विजेता बन्नेछ ।

बेल्जियमलाई हराउन सके फिनल्याण्ड अन्तिम १६ मा पुग्नेछ । फिनल्याण्ड २ खेलबाट ३ अंकसहित तेस्रो स्थानमा छ ।

यसै समूहको अर्को खेलमा रुसले डेनमार्कसँग खेल्नेछ । रुस २ खेलमा ३ अंकसहित दोस्रो स्थानमा  छ भने डेनमार्क दुई हारबाट अंकविहीन हुँदै पुछारमा छ ।

डेनमार्कलाई हराएमा रुस नकआउट राउण्डमा पुग्नेछ । यसअघि रुस डेनमार्कसँग पराजित भएको थियो भने फिनल्याण्डलाई हराएको थियो ।

डेनमार्क यसअघि फिनल्याण्ड र बेल्जियमसँग पराजित भएको थियो । डेनमार्कको पनि नकआउट चरणमा पुग्ने सम्भावना कायमै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment