Comments Add Comment

कोपा अमेरिका : पेरुले कोलम्बियालाई हरायो

७ असार, काठमाडौं । ब्राजिलमा भइरहेको कोपा अमेरिका फुटबलमा पेरुले कोलम्बियालाई २-१ ले पराजित गरेको छ ।

सोमबार बिहान सम्पन्न खेलमा आत्मघाती गोलको मद्दतमा पेरुले प्रतियोगितामा पहिलो जित हात पारेको हो ।

पेड्रो लुडोभिको स्टेडियममा भएको खेलको १७औँ मिनेटमा सर्जियो पेनाले गोल गर्दै पेरुलाई अग्रता दिलाएका थिए ।

५३औँ मिनेटमा मिगुएल बोर्जाले पेनाल्टीमार्फत कोलम्बियाका लागि बराबरी गोल फर्काएका थिए ।

तर ६३औँ मिनेटमा कोलम्बियाका येरी मिनाले आत्मघाती गोल गरेपछि पेरु विजयी भयो ।
जितपछि २ खेलबाट ३ अंक जोडेको पेरु समूह बी मा तेस्रो स्थानमा उक्लेका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment