+
+

टाइगर–दिशाको प्रेमबारे ज्याकी भन्छन्–‘छोराले २५ बर्षको उमेरदेखि डेटिङ सुरु गरेको हो’

अनलाइनखबर अनलाइनखबर
२०७८ असार ७ गते १३:४६

बलिउडका नायक टाइगर श्राफ र नायिका दिशा पटानीको प्रेम चर्चा मिडियाका लागि नयाँ होइन । उनीहरु, एकसाथ घुम्न निस्कन्छन् । सार्वजनिक कार्यक्रममा पनि एकसाथ देखिने टाइगर र दिशाले आजसम्म प्रेम भने स्विकार गरेका छैनन् ।

यसैविच, टाइगरका पिता ज्याकी श्राफले मिडियासँग कुराकानी गर्दै भनेका छन्–‘मेरो छोराले २५ बर्षको उमेरदेखि डेटिङ गर्न थालेको हो ।’ ज्याकीले टाइगरले कोसँग प्रेम गरिरहेका छन् भन्ने बिषयमा भने केही पनि खुलाएका छैनन् ।

उनले अगाडि भने–‘टाइगरले २५ बर्षको उमेरदेखि डेटिङ गर्न थालेको हो । उनीहरु निकै राम्रो साथी हुन् । मलाई थाहा छैन कि, उनीहरुको भविष्य के हुन्छ । तर, मलाई एउटा कुरा के थाहा छ भने टाइगर आफ्नो काममा निकै ध्यान दिन्छ । उसको कामको विचमा आमा, बहिनी र प्रेमिका कोही पनि आउन सक्दैनन् ।’ ज्याकीले टाइगरले काममा ध्यान दिनु राम्रो कुरा भएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?