
७ असार, काठमाडौं । बढ्दो राजनीतिक संकटकाबीच इथियोपियामा प्रमुख राष्ट्रिय र क्षेत्रीय निर्वाचन भइहेको छ ।
सोमबार भइरहेको उक्त निर्वाचनले प्रधानमन्त्री अबिय अहमद सत्तामा कायम रहने वा नरहने भन्ने कुराको निक्र्योल गर्नेछ ।
सन् २०१८ मा सत्तामा आएपछि प्रधानमन्त्री अहमदले पहिलोपटक निर्वाचनको सामना गर्न लागेका हुन् ।
प्रधानमन्त्री अहमदले यो निर्वाचनमा आफूले संसदको ५४७ सिटमध्ये बहुमत सिट प्राप्त गर्ने विश्वास व्यक्त गरेका छन् ।
यद्यपि इथियोपियाको टिग्रे प्रान्तमा भने निर्वाचन भएको छैन । यो प्रान्तमा गत नोभेम्बरदेखि सरकार र स्थानीय सेनाबीच लडाइँ हुँदै आएको छ ।
सुरक्षाको कारण तथा सैद्धान्तिक समस्याको कारण इथियोपियाको अन्य केही स्थानमा पनि निर्वाचन रोकिएको छ ।
निर्वाचनको कार्यतालिका अनुसार प्रारम्भिक मतगणनाको नतिजा पाँच दिनभित्र आउनेछ भने अन्तिम नतिजा २३ दिनभित्र आउनेछ ।
इथियोपियाको राष्ट्रिय निर्वाचन बोर्डले यो निर्वाचनमा ४० भन्दा धेरै पार्टीहरु सहभागी भएका छन् । तर, यसमा अधिकांश क्षेत्रीय पार्टी छन् । केही प्रान्तमा क्षेत्रीय पार्टीहरुले निर्वाचन बहिष्कार गरेका छन् ।
एजेन्सीहरुको सहयोगमा
प्रतिक्रिया 4