Comments Add Comment

सातै प्रदेशका प्रहरी प्रमुख फेरिए, सीआईबीमा सिंह

फाइल तस्वीर : धीरजप्रताप सिंह

७ असार, काठमाडौं । नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)को सरुवा भएको छ । गृह मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट डीआईजीहरुको सरुवा गरेको हो ।

सरुवा सूचीअनुसार केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको जिम्मेवारी डीआईजी धिरजप्रताप सिंहले पाएका छन् । उनी प्रदेश नम्बर २ प्रहरी कार्यालयको नेतृत्व गरिरहेका थिए ।

हाल सीआईबीमा रहेका डीआईजी सहकुल थापाको प्रहरी प्रधान कार्यालयको प्रदेश समन्वय निर्देशनालयमा सरुवा भएको छ ।

गृहले सातवटै प्रदेशका प्रहरी प्रमुख पनि परिवर्तन गरेको छ । प्रदेश १ मा अरुणकुमार वीसी, प्रदेश २ मा उमेश रञ्जितकार, बागमतीमा प्रकाशजंग कार्की, गण्डकीमा दिवेश लोहनी र लुम्बिनीमा मुकुन्द आचार्य पठाइएका छन् । कर्णालीमा गणेशबहादुर ऐर र सुदूरपश्चिममा पुरुषोत्तम कँडेल पठाइएका छन् ।

यसैबीच गृहमन्त्री स्तरीय निर्णयबाट १५ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को पनि सरुवा भएको छ ।

डीआईजी सरूवा सूची 

 

एसएसपी सरूवा सूची 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment