
८ असार, गुल्मी । गुल्मीमा निषेधाज्ञा थप खुकुलो बनाइएको छ । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्ऽको बैठकले थप खुकुलो बनाएर असार १५ गते राति १२ बजेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।
कोरोना संक्रमणको दर केही घटेसँगै जिल्लामा निषेधाज्ञा खुकुलो बनाइएको हो । खाद्य पसल, बैंक तथा वित्तीय संस्थासँगै अब फेन्सी पसल, इलेक्ट्रोनिक पसल, टेलरिङ, सुनचाँदी पसल, स्टेशनरी तथा पुस्तक पसल खोल्न पाइने भएको छ ।
खाद्यवस्तु बेच्ने पसलहरु र बैंकहरुलाई दैनिक ३ घण्टामात्रै खोलिँदै आएकोमा अब ८ घण्टा खोल्न पाइने भएको छ ।
निषेधाज्ञाका अवधिमा अत्यावश्यक उपभोग्य खाद्य बस्तु बेच्ने पसल, दूध, तरकारी, फलफूल, माछा, मासु, पानी, ग्यास, पेट्रोलियम पदार्थ, तथा निर्माण सामग्रीका पसलहरु, एग्रोभेट, बिहान ६ देखि २ बजेसम्म खुलाउन पाइने भएको भएको हो ।
त्यस्तै बाणिज्य बैंक तथा विकास बैंक, बिमा कम्पनी, वित्तीय संस्था तथा सहकारी संस्था २ बजेसम्म सञ्चालन गर्न पाउने भएका छन् ।
निषेधाज्ञामा खाद्यान्न, तरकारी, फलफूल, दूध, पानी, औषधि,बोक्ने मालवाहक गाडी र एम्बुलेन्स बाहेक मोटरसाइकलसहित अन्य सम्पूर्ण सवारी साधनलाई पूर्णरुपमा रोक लगाइएको छ ।
जिल्लामा सञ्चालित सैलुन, ब्युटिपार्लरहरु, सार्वजनिक यातायात भने संचालनमा पूर्णरुपमा रोक लगाइएको छ ।
जिल्लामा कोरोनाको दोस्रो लहरबाट १९६ जना सक्रिय संक्रमितको संख्या रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । कोरोना संक्रमणका कारण जिल्लामा ८९ जनाको मृत्यु भइसकेको छ ।
जिल्लामा कोरोना भाइरसविरुद्ध पहिलो चरणको खोप लगाउनेको संख्या २७ हजार २९३ जना रहेका छन् । जसमध्ये ४ हजार ३४६ जनाले मात्रै दोस्रो मात्रा खोप लगाएका छन् ।
प्रतिक्रिया 4