Comments Add Comment

निषेधाज्ञा खुकुलो भएसँगै शुरु हुन् थाले म्युजिक भिडियोको छायांकन

निषेधाज्ञा खुकुलो भएसँगै म्युजिक भिडियोको छायांकन शुरु हुन थालेका छन् । निषेधाज्ञाकै समयमा फाट्टफुट्ट रुपमा गीत रेकर्डिङ भएपनि भिडियोको छायांकन भएको थिएन् । कलाकारहरु वातावरण सहज भएसँगै भिडियो छायांकन गर्ने तयारीमा थिए । निषेधाज्ञा खुकुलो भएसँगै कलाकारहरु सानो टिममा भिडियोको छायाँकन शुरु गरेका हुन् ।

निर्देशक काजिश श्रेष्ठले आफूले म्युजिक भिडियोको काम शुरु गरिसकेको जानकारी दिए । उनले दुई दिनअघि सुसन अधिकारी र सुनिता बुढाक्षेत्रीको आवाजमा रहेको ‘भुलौरी’ बोलको गीतको म्युजिक भिडियो छायांकन गरे । उक्त भिडियोमा सुसन अधिकारी र गीता ढुंगानाले अभिनय गरेका छन् । ‘बाँच्नका लागि पनि काम गर्नैपर्यो । मैले त काम शुरु गरिसकेँ’ उनले अनलाइनखबरसँग भने, ‘कोरोनाको जोखिम कायमै रहेकाले सजग चाँही हुनैपर्छ । अब अन्य समयमा भन्दा सानो टिम बनाएर काम गर्नुपर्छ । भुलौरी गीतको छायाँकन पनि सानो टिममा गरिएको हो ।’

सरकारले आजदेखि निषेधाज्ञा खुकुलो बनाउँदै निश्चित समयलाई बार अनुसार पसल खोल्न दिएको छ । त्यस्तै निजी सवारी साधनमा पनि जोरबिजोर गरी चलाउन दिएको छ । त्योसँगै अब, लामो समयदेखि ठप्प रहेको म्युजिक भिडियो छायांकन शुरु हुने भएका छन् ।

निर्देशक शंकर बिसी पनि अब म्युजिक भिडियोको छायांकन शुरु हुने बताउँछन् । उनी आउँदो बिहीबार तीज गीतको भिडियो छायांकन गर्ने तयारीमा छन् । ‘पर्सीदेखि छायांकनको काम शुरु गर्ने तयारीमा छु’ उनले भने, ‘सानो–सानो टिम बनाएर सामाजिक दूरी कायम गर्दै काम गर्ने छलफल भईरहेको छ ।’ उनी अब सानो टिममै भएपनि काम गर्नूको बिकल्प नरहेको बताउँछन् ।

निर्देशक प्रकाश भट्ट बुधबार तीज गीतको भिडियो छायांकन गर्ने तयारीमा छन् । खेम सेञ्चुरी र जानुका तामाङको उक्त गीतमा यी दुईका साथमा विमलराज क्षेत्री, राधिका हमाल, खुमन अधिकारी लगायतले स्वर दिएका छन् । बुधबार छायाँकन हुने गीतको भिडियोमा यीनै गायक–गायिकाले अभिनय गर्दैछन् । अन्य कलाकारहरु पनि म्युजिक भिडियो छायाँकनको तयारी गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

हेपिएको हेलम्बु

Advertisment