Comments Add Comment

केपी ओलीले संविधानको शक्ति थाहा पाए : दिनेश त्रिपाठी

‘अब केपी ओलीले राजनीतिबाट सदाका लागि सन्यास लिए हुन्छ’

८ असार, काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्च अदालतले संसद विघटनपछिको मन्त्रिपरिषद विस्तार बदर गरेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधानको शक्ति देखाइदिएको टिप्पणी गरेका छन् ।

सर्वोच्चको आदेशपछि अनलाइनखबरसँग कुरा गर्दै रिट निवेदकसमेत रहेका उनले भने, ‘सर्वोच्चको आदेशले प्रधानमन्त्रीको अधिनायकपन, अहंकार र घमण्डमा धक्का दियो । उनको दूषित मानसिकता चकनाचुर बनायो । सारमा भन्दा संविधानको शक्ति के हो केपी ओलीले थाहा पाए  ।’

यो आदेशले संविधान बाँचेको सन्देश दिएको पनि त्रिपाठीले बताए । ‘देशभर यही सन्देश गएको छ, संविधान बाँच्यो । केपी ओलीले यो मुलुकमा संविधान छ भन्ने हेक्का राख्नुभएको थिएन । सर्वोच्चले त्यो हेक्का गराइदिएको छ’ उनले भने, ‘सर्वोच्च अदालतले आज आफ्नो सर्वोच्चता र संविधानको सर्वोच्चता स्थापित गरेको छ ।’

यो पनि पढ्नुहोस मन्त्रिपरिषद विस्तारविरुद्ध अन्तरिम आदेश, २० मन्त्री पदमुक्त

मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाले संसद विघटनपछि प्रधानमन्त्री ओलीले गरेको मन्त्रिपरिषद विस्तार बदर गरिदिएको छ ।

वरिष्ठ अधिवक्ता त्रिपाठीले अब राजनीतिबाट सदाका लागि सन्यास लिन प्रधानमन्त्री ओलीलाई सुझाव दिएका छन् ।

‘अब केपी ओलीले आजीवन राजनीति नगर्ने भनी सन्यास लिए हुन्छ । उहाँको उपस्थितिले लोकतन्त्र र संविधानमाथि खतरा पर्ने रहेछ । त्यसकारण उहाँले राजनीतिबाट सदाका लागि सन्यास लिए हुन्छ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment