
८ असार, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले मृत्यु संस्कारका लागि उपत्यकाबाहिर जानु परेमा सम्बन्धित स्थानीय तहको सिफारिस अनिवार्य गरेको छ ।
प्रशासनले मंगलबार एक सूचना जारी गर्दै मृत्यु संस्कार, बिरामी तथा कुरुवा लगायतका कार्यका लागि उपत्यका बाहिर जानुपर्ने भए सम्बन्धित स्थानीय तहको सिफारिससहित प्रशासन कार्यालयमा निवेदन दिन भनेको छ ।
स्थानीय ढुवानी बिहान ९ देखि ११ बजेसम्म र अपरान्ह ४ बजेदेखि साँझ ७ बजेसम्म मात्र गर्न पाइने सूचनामा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4