Comments Add Comment

ब्रिफिङ र बधाई लिएरै सकियो परराष्ट्रमन्त्रीको १८ दिने कार्यकाल

८ असार, काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री रघुबिर महासेठको १८ दिने कार्यकाल ब्रिफिङ र वधाई लिएर नै सकिएको छ ।

यस विचमा मन्त्री महासेठले मन्त्रालयका विभिन्न महाशाखा र विदेशस्थित कूटनीतिक नियोगहरुबाट ब्रिफिङ लिए । सो ब्रिफिङमा उनले सरकारको परराष्ट्र नीतिका प्राथमिकताहरुबारे मन्त्रालयका उच्च अधिकारी र राजदूतहरुलाई जानकारी गराएका थिए । उनले जुन १५ र १८ दुई चरणका विदेशस्थित कूटनीतिक नियोगका प्रमुखहरुलाई निर्देशन दिएका थिए ।

साथै उनी मन्त्रालयका केही अन्य कार्यक्रममा सहभागी भए । जुन १० मा उनले सिंगापुरका विदेशमन्त्री भिभिन वालाकृष्णसँग भर्जुअल माध्यममार्फत दुईपक्षीय कुराकानी गरे । जुन १८ मा उनले कम विकसित मुलुकहरुको संस्था एलडिसिको एक कार्यक्रमलाई सम्बोधन गरे ।

यसबीचमा उनलाई भारत, पाकिस्तान, कतार, दक्षिण कोरिया र स्वीटजरल्याण्ड लगायतका देशका राजदूतले उनलाई भेटेर नै बधाइ दिए । उनलाई सबैभन्दा पहिला मन्त्रालयमा गएर भेटेर बधाई दिने राजदूत नेपालका लागि भारतिय राजदूत विनयमोहन क्वात्रा थिए । तर, चीन, अमेरिका लगायतका देशका राजदूतले वधाई दिएको भने देखिएन ।

कार्यकालको १८ दिनमा मन्त्री महासेठले परराष्ट्र नीतिको प्राथमिकताको बारेमा खासै सार्वजनिक अभिव्यक्ति दिएनन्। उनले छिमेकी मुलुक भारत र चीन प्राथमिकतामा रहेको र त्यसपछि दक्षिण एसियाली मुलुक र अमेरिका प्राथमिकतमा रहेको अभिव्यक्ति दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment