Comments Add Comment

‘चिरा पर्‍या छ’ पछि ‘धुरुरु’

१० महिनाअघि बादल थापाको शब्द, संगीत र स्वर रहेको गीत ‘दुई अक्षरको माया’ बजारमा आयो । सामान्य भिडियोसहित युटुबमा अपलोड भएको गीतको ‘हेर यो मुटुमा चिरा पर्‍या छ…’ भन्ने लाइन ‘भाइरल’ भयो ।

छोटो समयमै गीतको अडियो चर्चित बनेपछि चिरञ्जीवि सापकोटा, बादल र सिर्जन बरालको टिमले ‘चिरा पर्‍या छ..’ टाइटलमा अफिसियल भिडियो बनायो । चिरञ्जीवि र रोशनी कार्कीले अभिनय गरे । सिर्जनले भिडियो निर्देशन गरे । भिडियो चल्यो । यो टिमले गीतको फिमेललगायत अन्य भर्जन पनि ल्यायो ।

संगीत क्षेत्रमा क्रियाशील बादलले फेरि उस्तै प्रकारको गीत ल्याएका छन् र उही शैली अपनाए । आफ्नै शब्द, संगीत र आवाज रहेको ‘धुरुरु’ बोलको गीत थापाले दुई साताअघि नै सार्वजनिक गरे । ‘चिरा पर्‍या छ…’ जस्तै अडियो भाइरल भयो ।

अडियो चर्चित भएपछि यो गीतको अफिसियल भिडियो पनि चिरञ्जीविकै टिमले तयार गरी बजारमा ल्याएको छ । सिर्जन बरालले नै निर्देशन गरेको भिडियोमा नायकका रुपमा चिरञ्जीवि नै छन् । उनको साथमा शिशिर भण्डारी, कृष्टिना केसी र सुवास बजगाईं रहेका छन् ।

‘धुरुरु’ गीतको ‘बाहिर त हाँसे मुसुमुस, भित्र धुरुरु, कहाँबाट खस्यो आँसुका थोपा चुहिएछ तुरुरु,’ लाइन चर्चित भएको छ । यो भिडियो अहिले युटुबको ट्रेन्डिङमा छ । ‘धुरुरु’मा प्रेम सम्बन्धमा दरार आएपछिको कथा उतारिएको छ ।

लामो समयदेखि नै संगीत क्षेत्रमा रहेका बादल पनि ‘चिरा पर्‍या छ…’ पछि चर्चामा छन् । उनको शब्द, संगीत र स्वरको तारिफ हुने गरेको छ ।

‘चिरा पर्‍याछ…’ पछि मोडल सापकोटा पनि चर्चामा आएका छन् । केही समय अगाडि मात्रै उनको अभिनय रहेको कर्णालीको कथा उतारिएको ‘रेलको बाटो’ गीतले चर्चा पाएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

हेपिएको हेलम्बु

Advertisment